+
+

अन्तर्वार्ताको माग गर्दै लोक सेवा आयोगमा नासुका उम्मेदवारको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १२:१३

२७ माघ, काठमाडौं । लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले बिहीबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।

गत भदौमा लिखित परीक्षाको ततिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् ।

परीक्षामा उत्तीर्ण भएर पनि अन्तर्वार्ता नहुँदा ४/५ सय नासुको भविष्य अन्योल भएको लिखित परीक्षामा सफल भएका भीम बडुवालले बताए ।

अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूको गुनासो छ ।

नासुमा नाम निकालेकाहरूलाई आयोगले अदालतको आदेश अस्पष्ट भएको भन्दै कानुनी परामर्श गरेर काम अघि बढाउने आश्वासन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?