+
+

एमाले कार्यकर्ताले लगाए एमसीसी खारेजको नारा

काभ्रेको धुलिखेलमा सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाउने क्रममा एमाले कार्यकर्ताले एमसीसी खारेजको पनि नारा लगाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १४:२९

२८ माघ, काभ्रे । नेकपा एमालेका कार्यकर्ताले एमसीसी खारेजको माग गरेका छन् । काभ्रेको धुलिखेलमा सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाउने क्रममा एमाले कार्यकर्ताले एमसीसी खारेजको पनि नारा लगाएका हुन् ।

एमालेसम्वद्ध अनेरास्ववियु र युवा संघका कार्यकर्ताले धुलिखेल चोकमा जम्मा भएर प्रदर्शन गरेका थिए । सापकोटा एक कार्यक्रममा सहभागी हुने क्रममा धुलिखेल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?