२७ माघ, काठमाडौं । प्रहरीले नाबालकलाई प्रलोभनमा पारेर सुन लुटपाट गर्ने र लुटपाट गरिएको सुन किनेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर-४ का नारायण श्रेष्ठ र पथरी शनिश्चरे-८ घर भई गोकर्णेश्वर-६ काठमाौडौंमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका राजकुमार बराइली छन् ।
प्रहरीका अनुसार गत मंगलबार तीन वर्षीय नाबालकलाई म तिम्रो मामा हुँ भन्दै नारायणले चकलेट दिएर प्रलोभनमा पारी कानमा लगाइराखेको चार आना बराबरको सुनको मुन्द्रा लुटपाट गरेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4