+
+

कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १७:४५

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसको बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

नेपाली कांगेस केन्द्रीय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकी जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

यसअघि १५ माघमा तय भएको जिल्ला अधिवेशन कोरोना महामारीका कारण स्थगित गरिएको थियो । कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

बिहीबार सुरु भएको बैठकमा शुक्रबार पनि नेताहरुले स्थानीय तहको निर्वाचन, एमसीसी, सत्तारुढ गठबन्धनलगायतको विषयमा धारण राखेका नेता अर्जुन नरसिंह केसीले बताए ।

उनले आफूले एमसीसीको विषयमा स्थानीय स्तरसम्म नकारात्मक धारणा विकास भएकाले संसदमा भएका सबै दलबीच सहमति कायम गरेर अघि बढ्नु उचित हुने बताए ।

त्यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सार्वजनिक भएका भ्रष्टाचार काण्डको छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गरेको पनि केसीले बताए ।

शुक्रबारको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले धारणा राखेका थिए । अब बैठक आइतबार दिउँसो २ बजे बस्नेछ ।

हेर्नुहोस् कांग्रेसको निर्वाचन समितिको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?