+
+

एक दर्जन लघुबीमा कम्पनीको लाइसेन्स बाँड्दै बीमा समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १५:१६

२८ माघ, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले एक दर्जन हाराहारीमा लघुबीमा कम्पनीहरुको लाइसेन्स बाँड्ने तयारी गरेको छ । समितिले लघुबीमाको आवश्यकता सम्बन्धी अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो ।

अध्ययन समितिको प्रतिवेदनलाई आधारमान्दै समितिले एक दर्जन कम्पनीलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको हो । बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठ, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सदस्य रहने गरी अध्ययन समिति गठन गरेको थियो ।

‘अध्ययन समितिले लघुबीमा कम्पनीहरु आवश्यक रहेको भन्ने किसिमको प्रतिवेदन दिएको छ, केही कम्पनीहरुले लाइसेन्स माग गर्दै आवेदन समेत दिएका छन्’ बीमा समितिका एक अधिकारीले भने, ‘अहिले नै लाइसेन्स दिने विषयमा कुनै निर्णय भने भएको छैन ।’

बीमा समितिले लघुबीमाको लाइसेन्स बाँड्दैछ भन्ने वित्तिकै केही कम्पनीहरुले आवेदन समेत दिइसकेका छन् । बीमा समितिले दिएको जानकारीअनुसार माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, हव माइक्रो इन्स्योरेन्स र उन्नती लघुबीमा कम्पनी, अभिया लघुबीमा, अन्नपूर्ण लघुबीमा कम्पनी लगायतले लाइसेन्स माग गर्दै आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?