+

युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

२०७८ माघ  २९ गते १३:२० २०७८ माघ २९ गते १३:२०
युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

२९ माघ, काठमाडौं । चार देशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले युएईबाट १९३ रनको लक्ष्य पाएको छ । ओमानको मस्कटस्थित अल अमरेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो ।

युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय