+
+

दीपिकालाई चुम्बन गर्दै रणवीरले गरे ‘गहराइयाँ’को प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १९:२२

२९ माघ, काठमाडौं । दीपिका पादुकोणको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘गहराइयाँ’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । यो चलचित्रले समीक्षक र दर्शकको मन पनि जितेको छ ।

चलचित्रकोे प्रचार सामग्रीमा दीपिका निक्कै बोेल्ड देखिएकी छन् । चलचित्रमा उनको थुप्रै चुम्बनका दृश्य छन् । यी दृश्यहरुको विषयमा दीपिकाका श्रीमान रणवीर सिंहको प्रतिक्रिया के होला भन्ने पनि धेरैलाई लागेको थियो । तर रणवीरले भने दीपिकालाई चुम्बन गर्दै यसको जवाफ दिएका छन् ।

रणवीरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी एकअर्कामा डुबेका छौं । तिमीले काम गरेको चलचित्र मास्टरक्लास छ बेबी । तिमीले चलचित्रमा उत्कृष्ट र दिललाई छुने काम गरेकी छौ। चलचित्रमा तिम्रो अतुलनीय काम छ । तिमीले मलाई गर्व गर्नलायक बनाएकी छौं ।’

रणवीरले दीपिकाको कामको प्रशंसा गर्दै आलोचकको मुख थुन्ने कोशिश गरेका छन् । दीपिकाको साथमा सिद्धान्त चर्तुवेदी, अनन्या पाण्डे लगायतका कलाकारले अभिनय गरेको ‘गहराइयाँ’ले अमेजन प्राइममा दर्शकको साथ पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?