+
+

आइतबार साँझ एमालेको सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १५:१९
नेकपा एमालेको सचिवालय बैठकको फाइल तस्वीर ।

१ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय समितिको बैठक बोलाएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सत्ता गठबन्धनमा रहेका दलका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएको दिन एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठक आइतबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एक नेताले जानकारी दिए । एमालेले सोमबार विहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

नेकपा एमाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको विपक्षमा छ । एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश हटाएर न्यायालयको समस्या समाधान नहुने बताउँदै आएका थिए । बरु उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय बदर गर्ने इजलासमा रहेका सबै न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने धारणा राख्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?