१ फागुन, काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौंताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलामा आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।
विरोधमा सहभागी नेताहरूले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । नेकपा एकीकृत समाजवादीले एमसीसी यथास्थितिमा स्वीकार्य नहुने अडान राख्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4