१ फागुन, दाङ । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै दाङमा विरोध प्रदर्शन गरेका छन् ।
एमसीसी राष्ट्रघाती सम्झौता भएकाले रोक्न माग गर्दै घोराहीमा विरोध प्रर्दशन गरी गरेका हुन् । सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी चाहिँदैन, एमसीसी सम्झौता खारेज गरौंलगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।
सहभागी नेताहरूले एमसीसी सम्झौता राष्ट्रिय स्वाधिनताविपरीत भएकाले स्वीकार्य नहुँने बताए । एससीसी अमेरिकी सैन्य ल्याउने रणनीति भएको भन्दै उक्त परियोजना पास गर्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4