+
+

सर्वदलीय बैठकमा एमाले नजाने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ११:५७

२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि बैठक बोलाएका छन् ।

आफूहरूलाई कुनै सल्लाह नगरी बोलाइएकोले बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘कुनै सल्लाह नगरी बोलाइएकोले अध्यक्षले नजाने भन्नू भएको छ’, भट्टराईले भने ।

नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ । सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?