+
+

जगदम्बा मोटर्सले सञ्चालनमा ल्यायो ‘टीभीएस किंग विन्टर सर्भिस क्याम्प’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १७:४४

काठमाडौं । टीभीएस थ्री व्हिलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जाडो मौसमलाई लक्षित गरी ‘टीभीएस किंग विन्टर सर्भिस क्याम्प’ सञ्चालन गरेको छ । सोमबारदेखि सुरु भएको क्याम्प आगामी फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । देशका विभिन्न ठाउँमा आयोजना हुने यस क्याम्पमा ग्राहकका लागि विभिन्न सुविधाका साथै विशेष छुट र आकर्षक उपहार पाउनेछन् ।

क्याम्पमा सहभागी हुने ग्राहकहरुले सर्भिसिङ र मेन्टेनेन्समा लेबर चार्ज नतिर्नुपर्ने, इन्जिन आयाल तथा स्पेयर पार्ट्समा १५ प्रतिशत छुटको साथै हरेक सर्भिसिङमा आकर्षक उपहार जित्ने छन् । यसका साथै आगामी सर्भिसिङमा ५ प्रतिशत छुट हुने कुपन र ३ भाग्यशाली बिजेताले विशेष उपहार जित्ने मौका पाउनेछन् । यसका साथै जगदम्बा मोटर्सले नयाँ ग्राहकका लागि मेला अवधिभर टीभीएस किंगको खरिदमा ५ हजार रुपैयाँ छुट दिने छ ।

हाल नेपालमा टीभीएस किंग डिलक्स, टीभीएस किंग डिलक्स प्लस, टीभीएस किंग डिलक्स जीएसप्लस, टीभीएस किंग डुरम्याक्स र टीभीएस किंग डुरम्याक्स प्लस गरेर ५ ओटा थ्री व्हिलर गाडीहरु रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?