+
+

पितृशोकमा रहेका संगीतकार आशिष अविरललाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १८:५५
संगीतकार आशिष अविरलका दिवंगत बुबाआमा । तस्वीर : सामाजिक सञ्जालबाट

२ फागुन, काठमाडौं । संगीतकार आशिष अविरललाई बुबाको निधन भएको साता दिन नबित्दै मातृशोक परेको छ । अविरलकी आमा चित्रकुमारी परियारको ७९ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

गत मंगलबार मात्रै उनका ८१ वर्षीय बुवा बलबहादुर परियारको निधन भएको थियो । बुवाको किरियामा बसेको दोस्रो दिनमा मस्तिष्कघात भएपछि आमालाई उपचारका लागि पोखरा लगिएको थियो । तर उपचारपछि पनि स्वास्थ्यमा सुधार हुन नसकेपछि आइतबार उनलाई बागलुङको गलकोट नगरपालिकास्थित घरमा ल्याइएको थियो ।

अविरलका भाइ कर्णका अनुसार बुवाआमा दुर्वमा उच्च रक्तचापको समस्या देखिएको र त्यसले मस्तिष्कघात निम्त्याएको बताए । चित्रकुमारीको सोमबार नै स्थानीइ गौंदीघाटमा अन्त्येष्टि गरिएको छ । उनका दुई छोरा र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?