+

टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

२०७८ फागुन  ३ गते ८:१६ २०७८ फागुन ३ गते ८:१६
टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो ।

ओमानमा सोमबार सम्पन्न चारदेशीय टी-२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो ।

नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो । सोमबार भएको खेलमा आयरल्याण्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेष्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो ।

आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेको यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ ।

एसोसिएटमा यूएई सबैभन्दा अघि छ । नेपालपछि स्कटल्याण्ड १४औं स्थानमा छ भने टेष्ट नेसन आयरल्याण्ड १५औं स्थानमा छ । ओमान १८औं स्थानमा छ ।
नेपाल, ओमान, यूएई र बयरल्याण्ड यही फेब्रअरी १८ देखि हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए खेल्दैछन् ।

इंग्ल्याण्ड टी-२० वरीयताको शीर्ष स्थानमा छ भने भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा छ ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०