+
+

कांग्रेसमा अवधि सकिएका भ्रातृ संगठनको केन्द्रीय समिति विघटन

फागुनभित्र तदर्थ समिति बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १७:२१

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसमा अवधि सकिएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति विघटन भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अवधि समाप्त भएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति कांग्रेसको विधान अनुसार स्वतः विघटन भएको बताए ।

उनका अनुसार नेपाल विद्यार्थी संघसहितका नौवटा भ्रातृ संगठनको केन्द्रीय तदर्थ समिति सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी फागुन मशान्तभित्र गठन गर्ने निर्णय भएको छ ।

नेविसंघ, नेपाल प्रजातान्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल महिला संघ, नेपाल भूतपूर्व सैनिक संघको तदर्थ समिति फागुनभित्रै गठन हुने डा. महतले बताए ।

यो तदर्थ समितिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनाभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रवक्ता डा. महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?