+

टी-२० ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा, गुल्सन सिधै अन्तिम १४ मा

२०७८ फागुन  ३ गते २०:२१ २०७८ फागुन ३ गते २०:२१
टी-२० ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा, गुल्सन सिधै अन्तिम १४ मा

३ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघले ओमानमा हुने आईसीसी टी-२० ग्लोबल क्वालिफायर खेल्ने १४ सदस्यीय नेपाली टिम घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुबुदु दशानायके र छनोट समितिको परामर्शमा घोषणा गरेको टोलीमा करण केसीको स्थानमा ओमान जाने तयारीमा रहेका फास्ट बलर गुल्सन झा समेत अटाएका छन् ।

गत सेप्टेम्बरमा ओमानमै भएको विश्वकप लिग २ सिरिजमा अमेरिका विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका गुल्सन टी-२० मा भने पहिलो पटक परेका हुन् ।

१४ सदस्यीय टिममा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमल सिंह ऐरी, विवेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् । टिममा वैकल्पिक खेलाडीको रुपमा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरीलाई राखिएको छ ।

क्वालिफायर अघिको चारदेशीय सिरिजका लागि नेपालबाट १७ सदस्यीय टोली गएको थियो । जसबाट नेपाल क्रिकेट संघ क्यानले मंगलबार अन्तिम टोली छनोट गरेको हो । ओमान पुगेपनि चोटका कारण चारदेशीय सिरिज नखेलेका करणको स्थानमा क्यानले गुल्सनलाई पठाउने तयारी गरेको छ । करण भने केहीदिनमै नेपाल फर्कनेछन् ।

क्वालिफायरको समूह ए मा रहेको नेपालले उद्घाटन खेलमै घरेलु टोली ओमानसंग खेल्नेछ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय