+
+
स्थानीय चुनाव :

वैशाख ९ मा उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते २१:१३

३ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन ।

अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।

यसो गर्दा उम्मेदवारहरुले चुनावी प्रचारका लागि वैशाख २८ गतेसम्मको मात्र समय पाउनेछन् । चुनाव हुनुभन्दा ७२ घण्टादेखि चुनावी प्रचार गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?