४ फागुन, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न बैठक बोलाएका थिए ।
नियमित संसदमा विरोध प्रदर्शन गर्दै आएको एमाले भने परामर्श समितिको बैठकमा सहभागी भएको छैन । एमसीसीबारे दुई धारमा देखिएको जनता समाजवादीका प्रतिनिधि पनि बैठकमा सहभागी भएका छैनन् ।
संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4