+
+

एमसीसीको विरोध गर्दै राप्रपा पनि सडकमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १२:५४

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीका भ्रातृ संस्थाहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको बताए ।

विरोध प्रदर्शनका कारण अहिले माइतीघर-तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।

सरकारले आज एमसीसी पास गर्ने प्रस्तावमा संसदमा पेस गर्ने तयारी गरेपछि बानेश्वर वरपरको क्षेत्रमा प्रदर्शन गर्नेहरूको संख्या बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?