+
+

‘लाल सिंह चड्डा’ नआउँदा ‘ए मेरो हजुर ४’लाई कति सहज ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १३:५९

४ फागुन, काठमाडौं । अहिलेसम्मको अवस्था हेर्दा १ वैशाख अर्थात् १४ अप्रिलमा दुई भारतीय र एक नेपाली चलचित्रको भिडन्त हुने देखिएको छ । नेपालमा सर्वाधिक आशा गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को निर्माणपक्ष वैशाख १ गतेबाट टसमस नहुने अडानमा छ ।

यही मितिमा साउथको प्रतिक्षित चलचित्र ‘केजीएफ २’ आउने पनि निश्चित जस्तै छ । यशको मुख्य भूमिका रहेको यो चलचित्रले बक्स अफिसमा सुनामी ल्याउने आँकलन गरिएको छ ।

१४ अप्रिलमा बलिउड अभिनेता आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’ पनि आउने पक्का भएको थियो । तर चलचित्रको काम नसकिएको भन्दै मंगलबार मात्र अभिनेता तथा निर्माता आमिर खानले चलचित्रको प्रदर्शन पछि सारे ।

तर, यो मितिमा अर्को बलिउड चलचित्र ‘जर्सी’ आउने पक्का भइसकेको छ । ३१ डिसेम्बरबाट सरेको ‘जर्सी’लाई भारतीय बक्स अफिसमा ‘लाल सिंह चड्डा’ पछि  सर्दा फाइदा हुने निश्चित छ ।

यता नेपाली बक्स अफिसमा पनि ‘लाल सिंह चड्डा’को ठाउँमा ‘जर्सी’ रिलिज हुँदा त्यसको फाइदा ‘ए मेरो हजुर ४’लाई हुने विश्लेषण गर्न थालिएको छ । किनकि, नेपालमा आमिरको जस्तो क्रेज शाहिदको छैन । अर्कोतिर शाहिदको चलचित्र क्रिकेटमा आधारित छ । जसले नेपालमा ठूलो संख्यामा दर्शकको साथ नपाउन पनि सक्छ ।

दर्शकको रोजाइमा शाहिदको चलचित्रभन्दा अनमोल केसी र सुहाना थापाको ‘ए मेरो हजुर ४’ पर्ने धेरैको बुझाइ छ । शो बाँडफाँडमा पनि यो चलचित्रलाई केही राहत हुने देखिएको छ । तर ‘ए मेरो हजुर ४’का लागि ‘केजीएफ २’ भने टाउको दुखाइको विषय बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?