+
+

दाङमा बन्दकर्ताले बनाए जेब्राक्रसिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १७:२५

४ फागुन, दाङ । दाङमा बन्दकर्ताहरूले जेब्राक्रसिङ पेन्टिङ गरेर सिर्जनात्मक काम गरेका छन् । एमसीसीको विरोधमा विभिन्न दलहरुले अह्ववान गरेको नेपाल बन्दमा सहभागीले सडकमा जेब्राक्रसिङमा रङ्ग भरेका हुन् ।

घोराहीको तुलसीपुर चोकमा बन्दकर्ताहरूले सडक सरसफाइ गर्दै बन्दको कारण सडक खाली भएको अवस्थामा जेब्रा क्रसिङलगायत ट्राफिक चिन्हको पेन्टिङ गरेका हुन् ।

विप्लवल नेतृत्वको नेकपासहित ५ राजनीतिक दल र १ मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका कारण दाङको जनजीवन दिनभर प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?