+
+

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १३:५४

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । सरकारले बुधबार अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेपछि एमसीसी टेबल हुन सकेन ।

संसदमा एमसीसी टेबल नभएपछि बुधबार साँझ नै अमेरिकी राजदूतले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।  प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले अमेरिकी राजदूतसँग भेट भएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?