+
+

बले र सुप्रियाको ‘कहानी एकादेशको’ : उत्कृष्ट कथा, तर भ्युजको खडेरी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १६:३०

५ फागुन, काठमाडौं । निर्देशक तथा कलाकार दीपक आचार्यले आफू निर्देशित ‘कहानी एकादेशको’ बोलको गीतको भिडियो सार्वजनिक भएपछि लेखे– ‘थाहा छैन, किन यस्ता भिडियोहरु थोरैले हेर्नुहुन्छ ? तर पनि मैले मनदेखि गर्ने काम यस्तै हुनेछ है ।’

म्युजिकल फिल्म भनिएको यो गीत भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गरिएको हो । सार्वजनिक भएको तीन दिनमा १ लाख २३ हजार मात्र भ्युज पाएको गीतमा निशान भट्टराईको स्वर र दीपक सापकोटाको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा सागर लम्साल, सुप्रिया खनाल, दीपक आचार्य लगायतका कलाकारको अभिनय छ । निशानको स्वरले गीतको शब्दको मर्म बोलेको छ । भिडियोमा सागर लम्सालले उत्कृष्ट अभिनय गरेका छन् । जातीय विभेद र युवती बेचबिखनको कथालाई यो भिडियोले पर्दामा उतारेको छ ।

भिडियोमा कलाकारको पहिरनमा समेत विशेष ख्याल गरिएको छ । एकादेशको प्रेम कहानी भनिएकाले पनि कलाकारको गेटअप केही दशक अगाडिको छ ।

कथित तल्लो र माथिल्लो जातकै कारण प्रेममा परिवारको तगारो, लाहुरबाट आएको भन्ने बित्तिकै केटाको बारेमा केही नबुझी छोरी दिने परिवार, आफ्नी प्रेमिकाको यादमा तड्पिरहेको युवकको कथालाई दीपकले भिडियोमा उत्कृष्ट ढंगले उतारेका छन् । तर पनि भिडियोले अपेक्षित भ्युज पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?