+
+

बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १३:५१

६ फागुन, दाङ । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएको आरोपमा कैलालीको टीकापुर नगरपालिका-९ का २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंक तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?