६ फागुन, काठमाडौं । पाँच फिफा रेफ्री र सात फिफा असिस्टेन्ट रेफ्रीले सन् २०२२ को फिफा ब्याच पाएका छन् ।
खिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच रेफ्रीहरूलाई ब्याच वितरण गरेको हो ।
फिफा रेफ्री नविन महर्जन, कविन ब्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ र अन्जना राईलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ब्याच वितरण गरे ।
यस्तै शेर्पाले फिफा सहायक रेप्रीहरू नानीराम थापामगर, माधव केसी, युनाल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किसन कनैया यादव र राधिका शाक्यलाई असिस्टेन्ट रेफ्रीको ब्याच प्रदान गरे ।
वर्ष २०२२ का लागि नेपालबाट १० पुरु र २ महिला गरी १२ फिफा रेफ्री, सहायक रेफ्रीलाई ब्याच प्रदान गरिएको हो ।
२०२१ सकिएपछि नयाँ ब्याच नवीकरण नहुँदा रेफ्रीले ए डिभिजन लिगका सातौं चरणदेखिका खेलहरू खेलाउँदै आएका थिए ।
प्रतिक्रिया 4