+
+
सिनेमा :

सत्यजीत रे, जसको बुझाइ र काम बेजोड रह्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १९:२२

सन् १९७६ मा आफ्नो करियर सुरु गरिरहेका जावेद सिद्दिकीको फोनको घण्टी बज्यो । दोस्रोतर्फ चर्चित पटकथा लेखक समा जैदी थिइन् । उनले जावेदलाई सत्यजीतले तपाईंसँग भेट्न मन गरेका छन् भनिन् । त्यतिबेला सत्यजीतको नाम सिनेमा जगतमा उचाइमा पुगिसकेको थियो ।

जावेदले अनुमान गर्न सकेका थिएनन् कि सत्यजीत वास्तविक जीवनमा पनि त्यति उचाइका छन् जति विश्व सिनेमा जगतमा उनको योगदान छ । उनले आफ्नो ६ फिट ४ इन्च उचाइ जत्तिकै सिनेमा क्षेत्रमा आफ्नो पहिचान बनाएका थिए ।

सत्यजीतलाई मन पराउनेहरू उनलाई ‘मानिकदा’ भनेर बोलाउँथे । रेले जावेदलाई कुर्सीमा बसाउँदै भने, ‘तपाईंले राम्रा कथाहरू लेख्नुहुन्छ सुनेको छु ।’

जावेदले विनम्र स्वरमा भने, ‘म कथाभन्दा बढी स्तम्भ लेख्छु, मलाई थाहा छैन कि म राम्रा कथा लेख्न सक्छु कि सक्दिनँ ।’

जावेदले यति भनेपछि रे आफ्नो स्थानबाट उठे र छेउमा रहेको फाइल उनलाई दिंदै भने यो प्रेमचन्दको कथा ‘शतरंज के खिलाडी’ हो र तपाईं यसको डायलग लेख्दै हुनुहुन्छ ।

रेलाई ‘शतरंज के खिलाडी’ का डायलग जावेद भन्दा अघि राजेन्द्र सिंह बेदीलाई लेखाउनुपर्ने सल्लाह दिइएको थियो ।

त्यस्तै फिल्मका अभिनेता सञ्जिव कुमार रेले गुलजारबाट डायलग लेखाउन भन्ने चाहन्थे भने शबाना आजमीले यस कामका लागि आफ्ना पिता कैफी आजमी भन्दा अरू कोही उपयुक्त नभएको सल्लाह दिएका थिए ।

बेदी र गुल्जार निकै उत्कृष्ट लेखक भए पनि उनीहरू पंजाबबाट भएका कारण लखनऊको पृष्ठभूमिमा बनिरहेको फिल्मलाई उनीहरू न्याय गर्न सक्दैनन् कि भन्ने थियो रेलाई ।

रेले कैफी आजमीसँग्ा भेट गरे । तर कैफीले उर्दू भाषाका अलावा अन्य भाषालाई महत्व दिएनन् । जबकि रे अंग्रेजी र बंगाली भाषा मात्रै जान्दथे ।

शबानाले अनुवादकको रूपमा काम गर्न सक्ने कुरा भए पनि रेलाई ठीक लागेन । उनले आफूलाई ठूला नामको आवश्यकता नभएको भन्दै आफू नयाँ प्रतिभाको खिलाफ नरहेको बताए । उनले उर्दू र अंग्रेजीमा समान क्षमता भएको प्रतिभा आवश्यक भएको जानकारी दिए ।

रेले ‘शतरंज के खिलाडी’ हरेक डायलग बंगाली भाषामा लेखेका थिए ।

‘स्क्रिन प्ले र जावेदले लेखेका डायलगबीच फरक पहिचान गर्न रेले सबैभन्दा पहिला सबै डायलग अंग्रेजीमा अनुवाद गराए । पछि मैले लेखेका हरेक डायलग बंगालीमा लेखेर पढे’, जावेदले भनेका छन् ।

जब मैले उसबारे उहाँलाई सोधें उहाँले भन्नुभयो, ‘बोली जे-सुकै भए पनि शब्दको आफ्नो लय हुन्छ जुन सही हुनुपर्छ । एक सुर पनि गलत भए पूरै सिन बेमानी हुन्छ’, जावेद भन्छन् ।

उक्त फिल्ममा रेले संजीव कुमार, अमजद खान, सईद जाफरी र विक्टर बेनर्जीलाई लिएका थिए ।

‘ती दिन विक्टर सत्यजीतसँग भेट्न आए । उनी देख्नमा सुन्दर र पढेलेखेका पनि थिए । रेलाई उनी मन परे । उनले यत्तिकै भनिदिए तिमी उर्दू बोल्न सक्छौं । विक्टरले ढिला नगरी सक्छु भन्ने जवाफ दिए । रेले उनलाई तुरुन्तै वाजिद अलि शाहको प्रधानमन्त्रीको रोल दिए’ सत्यजीत रेकी पत्नी बिजोयाले आफ्नो आत्मकथा ‘मानिक एण्ड आई माई लाइफ विथ सत्यजीत रे’ मा लेखेकी छन् ।

फिल्मको सुटिङ सकिएपछि विक्टरले आफूलाई उर्दूको एक शब्द पनि नआउने बताएका थिए । तर फिल्ममा रोल पाएपछि उनले उर्दू सिक्न एक शिक्षकको व्यवस्था गरे । उनले रेसँग काम गर्ने अवसरलाई उम्किन दिइनन् । उनले फिल्ममा राम्रो उर्दू बोलिन् ।

पुरानो जमानाको बहीखाता जस्तो स्क्रिप्ट

जावेद रेको स्क्रिप्ट पुरानो जमानाको बहीखाता जस्तो हुने गरेको बताउँछन् ।

‘मानिकदाको स्क्रिप्ट पुरानो जमानाको बहीखाता जस्तो हुन्थ्यो, जहाँ बदामी कागजमा रातो रंगको कभर चढेको र त्यसमा सबै उर्दू डायलगका साथै अंग्रेजी र बंगालीमा अनुवाद करिनले लेखेका हुन्थे’, जावेदले बताएका छन् ।

सेटमा मानिकदा कहिल्यै रिसाउँदैनथे । कहिल्यै ठूलो स्वरमा बोल्दैनथे । उनी कलाकारसँग्ा मिठो गरी बोल्थे । उनी यति विस्तारै बोल्थे कि उनको छेउमा बसेकालाई पनि थाहा हुँदैनथ्यो कि उनी के भनिरहेका छन् ।

‘अभिनेता उनीबाट जति टाढा भए पनि कराउँदैनथे । उनको नजिक गई कानमै केही भनेर उनलाई काम सिकाउँथे’, जावेद भन्छन् ।

वाजिद अली शाहको बिल्ली हरायो

‘शतरंज के खिलाडी’ पुरानो फिल्म थियो । जसमा निकै पुराना वस्तुको प्रयोग गरिएको थियो ।

उनलाई साथी केजरीवालले पुरानो जमावर सल दिएका थिए जसलाई उनले फिल्ममा भरपुर प्रयोग गरे ।

वाजिदलाई आफूसँग बिरालो राख्ने सोख थियो ।

हामी फिल्मका लागि बिरालो खोजिरहेका थियौं, हाम्रो पुरानो साथी आरा चौधरीले आफ्नो बिरालो दिएर हामीलाई सहयोग गरिन् । तर यो बिरालोका कारण हामीले केही सुन्नुपर्‍यो- बिजोयाले आत्मकथामा भनेकी छन् ।

पहिलो दिनको सुटिङ पछि बिरालो हरायो । सेटमा काम गरिरहेका हरेकले खोज्दा पनि बिरालो भेटिएन । बिरालो हराउँदा आराका आँखामा आँशु आएका थिए ।

बिरालो हराउँदा मानिकदाले फिल्मको सुटिङ नै रोक्नु पर्‍यो । कारण बिरालो जहिल्यै वाजिदसँग रहनुपर्ने थियो । तर पछिल्लो दिन बिरालो पाइएपछि सबै खुसी भए ।

दिनमा एक स्यान्डविच

रे सेटमा आएपछि काम नसकिएसम्म बाहिर निस्किंदैनथे । उनी पूरा दिन सेटमै बिताउँथे ।

‘एक हातमा कलम र एक हातमा चिकेन स्यान्डविच लिएर उनी दिनभर कुर्सीमा बसिरहन्थे भने खल्तीमा स्क्रिप्टको बहीखाता खुल्लै रहन्थ्यो । उनको नजर स्क्रिप्टका पन्नामा रहन्थ्यो । आठ घण्टामा उनी एक चिकेन स्यान्डविच र दही मात्रै खान्थे’, जावेदले भनेका छन् ।

जिब्रोको स्वाद बदल्नका लागि उनी खानापछि एक चुरोट पिउँथे । क्यामेरा म्यान हुँदाहुँदै उनलाई क्यामेरा चलाउन मन पथ्र्याे । जति जटिल सट भए पनि उनी आफैं खिच्थे । यति मात्रै होइन मानिकदाले एडिट समेत आफैंले गर्ने गरेका थिए ।

महिलाको इज्जत गर्ने मानिकदा

कलाकार सईदले आफ्नो आत्मकथा ‘सईद’ मा ‘शतरंज के खिलाडी’ फिल्मको बारेमा लेखेका छन् ।

‘मानिकदा आफ्नो रातो बहीमा सबै सटको स्केच बनाएर राख्थे । क्यामेरा चलाउनु पछि उनको ध्यान लाइटमा हुन्थ्यो । म र संजीव सटका लागि पूरै तयारी गरेर आउने हुँदा पहिलो टेकमै काम सकिन्थ्यो’ सईद जाफरीले भनेका छन् ।

उनी शराब पिउँदैनथे । सुटिङ सकिएपछि उनी सिधै घर जान्थे र भोलिपल्टका लागि स्केच तयार गर्थे ।

‘एक दिन लखनऊको गाउँमा सुटिङ गर्दा कसैले मेरी श्रीमती जेनिफरलाई मानिकदा बस्ने कुर्सी दिएछन् । जेनिफरलाई कुर्सी मानिकदाको हो भनेर थाहा थिएन । उनी लामो समयसम्म जेनिफरलाई पर्खिरहे । तर पछि काम गर्न समस्या भएपछि माई डिअर जेनिफर केही समयका लागि म तिम्रो कुर्सी उदार लिन सक्छु भने’ उनले लेखेका छन् ।

जब सोनागाछी गए

शतरंज के खिलाडीमा मुजरा नृत्य गर्नका लागि मानिकदा युवा नर्तकीको खोजीमा थिए । फिल्ममा पछि यो नृत्य शाश्वती सेनले गरेकी थिइन् ।

कसैले उनलाई कलकत्तामा रहेको रेडलाइट एरियामा रहेको सोनागाछीकी एक महिलाले राम्रो नृत्य गर्न सक्ने बताए ।

मानिकदाले चाहेको भए उनी ती महिलालाई सहजै बोलाउन सक्थे र उनी राजीखुसी भेट्न पनि आउने थिइन् । तर ती महिलाले स्टुडियोमा आफूलाई असहज महसुस नगरुन् भनेर उनी आफैं उनलाई भेट्न गए ।

सोनागाछीको गल्लीमा रेको कार छिर्न नसकेपछि उनी हिंडेर गए । कोठीमा पुगेर उनले ती युवतीको मुजरा हेरे, र कुराकानी गरे ।

पछि उनी रे भएको सबैले थाहा पाए र त्यहाँ उनलाई हेर्नेको भीड जम्मा भयो ।

उनलाई चारैतिरबाट सर्वसाधारणले घेरे । उनीहरूले सम्मानपूर्वक उनलाई विदा गरे र बाटोसम्म छोड्न आए ।

खानाका सौखिन, आँपदेखि घृणा

मानिकदा खानाका निकै सौखिन थिए । कलकत्तामा रहँदा उनले बिहान मशहुर फ्लरी रेस्टुरेन्टमा खाजा खाने गरेका थिए ।

उनी अंग्रेजी खानाका साथै बंगाली खानाका पनि सौखिन थिए । उनी लुची, अरहरको दाल र भान्टाको भाजा निकै मन पराउँथे ।

सत्यजीत पत्नी बिजोयाले उनलाई माछा निकै कम मन पर्ने गरेको उल्लेख गरेकी छन् ।

सत्यजीतलाई झिंगाबाट नफरत थियो भने अण्डा मन पराउँथे । मानिकदा फलफूलका सौखिन थिएनन् तर पनि उनलाई आँप पटक्कै मन पर्दैनथ्यो । कसैले आँप खाने मन गर्‍यो भने उनलाई त्यहाँबाट उठ्न दिनुपर्थ्यो ।

उनका छोरा पनि बुवा जस्तै आँप मन पराउँदैनन् । उनलाई स्ट्रबेरी, चेरी, आरूबखडा मनपथ्र्यो ।

सिक्किममा आधारित वृत्तचित्रमा प्रतिबन्ध

सत्यजीतले सिक्किममा आधारित वृत्तचित्र निर्माण गरेका थिए । सिक्किमका चोग्यालले सन् १९७१ मा उनलाई वृत्तचित्र निर्माण गर्ने जिम्मेवारी दिएका थिए ।

त्यसबेला सिक्किममा भारतको नियन्त्रण थिएन । १९७५ मा सिक्किम भारतमा विलय हुँदा उक्त वृत्तचित्रमा सिक्किमको सम्प्रभुताबारे देखाइएका कारण प्रतिबन्ध लगाइएको थियो ।

सन् २०१० मा भारतको विदेश मन्त्रालयले उक्त प्रतिबन्ध हटाएको थियो । २०१० नोभेम्बरमा पहिलो पटक कलकत्तामा भएको चलचित्र समारोहमा पहिलो पटक उक्त वृत्तचित्र प्रदर्शन गरिएको थियो । अन्य ठाउँमा प्रदर्शन गर्नुपूर्व सिक्किमको उच्च अदालतले फेरि प्रतिबन्ध लगाउनुपर्ने आदेश दियो ।

औरदे हेपवर्नको हातबाट ओस्कार

सत्यजीतलाई लाइफ टाइम ओस्कार अवार्ड दिने निर्णय भएपछि उनले उक्त अवार्ड हलिउड अभिनेत्री औरदे हेपवर्नको हातबाट दिने चाहना व्यक्त गरेका थिए ।

उनको इच्छाको सम्मान गर्दै ३० मार्च १९९२ मा औरदे हेपवर्नको हातबाट सत्यजीतलाई ओस्कार अवार्ड दिइयो ।

कलकत्ताको एक नर्सिङ होममा उनले उक्त पुरस्कार ग्रहण गरेका थिए । ओस्कार पाएको दुई दिनपछि भारत सरकारले उनलाई भारत रत्नले सम्मान गरेको थियो ।
सत्यजीत रेको २३ अपि्रल १९९२ मा निधन भएको थियो ।

सत्यजीतको तेस्रो आँखा

सत्यजीतले शतरंज के खिलाडीमा लिनुपूर्व अमजद खानलाई कहिल्यै देखेका थिएनन् । उनले पहिलो पटक खानलाई फिल्म ‘शोले’ मा देखेका थिए । उनलाई देखेपछि रेले उनको सुन्दर चित्र बनाए, जसलाई देख्ने हर कोहीले उनको तारिफ गरे ।

अमजद खानलाई मात्रै नभएर सत्यजीतले शर्मिला टेगोर, अर्पणा सेन, सौमित्र चटर्जीलाई समेत स्टार बनाएका थिए ।

देखावटी बनेको आरोप

केहीले सत्यजीत देखावटीमा विश्वास गर्ने भन्दै उनको आलोचना गर्ने गरेका छन् । उनको ‘अपुर संसार’ हेरेपछि एक जना पत्रकारले उनलाई यसमा उनको पहिलो फिल्म ‘पाथेर पाञ्चाली’ भन्दा फरक सट रहेको कारण सोधेका थिए ।

सत्यजीतले पाथेर पाञ्चाली बनाउँदा आफूसँग ट्राली किन्न सक्ने पैसा नभएको बताएका थिए ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?