७ फागुन, काठमाडौं । शरद भेषावकर ओमानमा जारी टी-२० ग्लाेबल क्वालिफायरबाट बाहिरिएका छन् । शरद शुक्रबार भएकाे ओमान विरुद्धकाे पहिलाे खेलमा पनि १४ जनाकाे टिम लिस्टमा थिएनन् ।
नेपाल क्रिकेट संघ क्यानले एंकल इन्जुरीका कारण शरद टीमबाट बाहिरिएकाे र उनकाे स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएकाे जनाएकाे छ ।
क्वालिफायरकाे दाेस्राे खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको छ । फिलिपिन्सले टस जितेर फिल्डिङ राेजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
नेपाली टिममा आज दुई परिवर्तन गरिएकाे छ । कमल सिंह ऐरी र विवेक यादवकाे स्थानमा कुशल मल्ल र गुलशन झा पहिलाे राेजाइमा खेल्दै छन् ।
प्रतिक्रिया 4