+

सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा फ्रेण्ड्सका जोमोउल फ्रान्कोइस

२०७८ फागुन  ८ गते ७:५१ २०७८ फागुन ८ गते ७:५१
सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा फ्रेण्ड्सका जोमोउल फ्रान्कोइस

८ फागुन, काठमाडौं । फ्रेण्ड्स क्लबका जोमोउल एन्थोनी फ्रान्कोइस जारी शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लेका छन् ।

शनिबार च्यासल युथ क्लबविरुद्ध दुई गोल गरेपछि फ्रान्कोसले लिगमा गोल संख्या ७ पुर्‍याएका हुन् । ट्रिनिडाड एण्ड टोबागोका फ्रान्कोइसकै दुई गोलमा फ्रेण्ड्सले च्यासललाई २-१ ले पराजित गर्दै रेलिगेसनबाट बच्ने सम्भावना बलियो बनाएको छ । हारले च्यासल भने रेलिगेसनमा परेको छ ।

लिगको सुरुवाती ६ खेलसम्म गोल गर्न नसकेका फ्रान्कोइसले सातौं चरणदेखि गोल गर्न थालेका थिए । एनआरटीविरुद्ध एक गोल गर्दै गोलको खाता खोलेका फ्रान्कोइसले नवौं चरणमा आर्मीविरुद्ध एक गोल गरे ।

त्यसपछि दशौँ चरणमा ब्रिगेड विरुद्ध ५-२ को जितमा उनले दुई गोल गरे । ११औं चरणमा जावालखेल युथ क्लबविरुद्ध इन्जुरी टाइममा गोल गर्दै फ्रेण्ड्सको हार टारेपछि उनी पनि सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि आए ।

च्यासलविरुद्ध शनिबार दुई गोल गरेपछि मछिन्द्रका सुनिल बल र मनाङका आफिज ओलावाले पछि पार्दै जोमोउल फ्रान्सकोइस शीर्ष स्थानमा उक्लेका हुन् ।

सुनिल र ओलवालेको समान ६ गोल छ । यस्तै सातदोबाटो युथ क्लबका अजयी मार्टिन्स र एपीएफ एफसीका आशिष लामाले समान पाँच गोल गरे ।

यसपटक लिगमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेबल बुट अवार्डसँगै पाउनेछन् । त्यो रेसमा सबैभन्दा अघि यी पाँच खेलाडी छन् ।

सर्वाधिक गोल गर्ने खेलाडीको सूची

जोमोउल एन्थोनी फ्रान्कोइस :७ गोल
ओलावाले आफिज : ६ गोल
सुनिल बल : ६ गोल
आशिष लामा : ५ गोल
अजयी मार्टिन्स : ५ गोल

फ्रेण्ड्स क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय