+
+

भारतको पन्जाबमा विधानसभा निर्वाचन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ८:०४

८ फागुन, काठमाडौं । भारतको पन्जावमा आज विधान सभाको निर्वाचन सुरु भएको छ । पन्जाबका ११७ विधानसभा क्षेत्रमा आज निर्वाचन सुरु भएको हो ।

निर्वाचनमा १ हजार ३०० बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदानको समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरिएको छ । निर्वाचन क्षेत्रमा कडा सुरक्षा प्रवन्ध मिलाइएको छ भने उद्योग कलकारखानामा काम गर्ने श्रमिकहरुलाई पारिश्रमिक पाउने गरी विदा दिइएको छ ।

आजै भारतको उत्तर प्रदेशमा पनि तेस्रो चरणको निर्वाचन हुँदै छ । १६ जिल्लाका ५९ विधानसभा सिटका लागि मतदान जारी छ ।

भारतमा २७ माघदेखि उत्तर प्रदेशबाट विधानसभाको निर्वाचन सुरु भएको थियो । निर्वाचन सात चरणमा हुने छ । अन्तिम चरणको निर्वाचन आगामी फागुन २३ गते हुने र परिणाम १० मार्चमा सार्वजनिक हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?