
८ फागुन, काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् ।
प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि सुरूमा पानीको फोहोरा हानेको थियो । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरिसकेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4