
८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।
बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।
एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसपछि प्रहरीले गोली पनि चलाएको हो ।
हेर्नुहोस् थप तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4