+
+

एमसीसीको विपक्षमा छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:१६

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् ।

आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?