+
+

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १२:२८

९ फागुन,काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने पाँच रुपैयाँको गिरावट आएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ७ सय रुपैयाँ छ । सोमबार ९६ हजार ६ सय रुपैयाँ छापावाल र ९६ हजार एक सय रुपैयाँ तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा झरेको छ । आइतबार चाँदी प्रतितोला १३ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?