+
+

ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १४:३६
Photo Credit : क्यापिटल नेपालको युट्युब

९ फागुन, काठमाडौं । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंबाटै शनिबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई आइतबार काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गराई अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए ।

६ महिनाअघि नै डेढ करोड र ५० लाख रुपैयाँका दुई वटा चेक बाउन्स भएपछि अग्रवालविरुद्ध टंकशम्शेर जबराले उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?