Photo Credit : क्यापिटल नेपालको युट्युब
९ फागुन, काठमाडौं । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंबाटै शनिबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई आइतबार काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गराई अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए ।
६ महिनाअघि नै डेढ करोड र ५० लाख रुपैयाँका दुई वटा चेक बाउन्स भएपछि अग्रवालविरुद्ध टंकशम्शेर जबराले उजुरी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4