+
+

विश्वकप छनोट : क्यानडा ८० रनमा अलआउट, सन्दीपले लिए ३ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:००

आईसीसी टी–२० विश्वकप छनोट ग्लोवल क्यालिफायरमा क्यानडाले नेपालसामू ८१ रनको विजय लक्ष्य पेश गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमा समेटियो ।

क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्नै नादिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा कमलले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकेश बमबाट क्याच आउट गराए ।

छैटौं ओभरमा क्यानडाले २ विकेट गुमायो । अर्का ओपनर रयान पठान १४ रनको स्कोरमा रनआउटको शिकार भए । रन लिने क्रममा रविन्दरपाल सिंहसँग तालमेल नमिल्दा दुवै ब्याट्सम्यान एकै एण्डमा पुगेका थिए ।

सोही ओभरको छैटौं बलमा अविनाश बोहोराले रविन्दरपाललाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराउँदा क्यानडा ६ अ‍ोभरभित्र ३७–४ को स्थितिमा पुगेको थियो । दोस्रो विकेटका लागि पठान र धालिवालले ३४ रनको साझेदारी गरेका थिए । पठानले १४ र धालिवालले १८ रन जोडे ।

त्यसयता लगातार ओभरमा विकेट झरिरह्यो । ४.३ ओभरमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमाएको क्यानडाले १०.१ ओभरमा ४८ रन बनाउँदा नवौं विकेट गुमाएको थियो ।

अन्तिम विकेटका लागि डिलोन हेलिगर र सलमान नजरले ३२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । हेलिगरले २२ बलमा सर्बाधिक २४ रनको अविजित पारी खेले । नजरले १० रन बनाए ।

यो खेलमा जित हासिल गरेको अवस्थामा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । समूह ए बाट आयरल्याण्ड र युएई क्रमश: विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन् । समूह विजेता भएमा नेपालले फाइनल प्रवेशका लागि युएईसँग खेल्नुपर्नेछ । यो समूहबाट फाइनलिष्ट टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?