+
+

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्छ : प्रवक्ता खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:३३

९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् ।

‘एमसीसीको विपक्षमा मतदान गर्छौ । एमसीसी पारित हुन नदिने पहल गर्छौ’, खतिवडाले भने ।

आज बोलाइएको सचिवालय बैठक भने स्थगित भएको छ । अर्को बैठक भोलि बस्ने जानकारी दिइएको छ । समय नपुगेकाले सचिवालय बैठक आज बस्न नसकेको खतिवडाले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच भने छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?