+
+

१२ प्रहरी जवान सम्पर्क बाहिर, हाजिर हुन ७ दिने म्याद

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते ७:४१

१० फागुन, काठमाडौं । १२ जना जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन सात दिने म्याद दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा छन् ।

यसैगरी अन्य प्रहरी जवानहरु विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?