+
+

बलम्बुस्थित खोलामा किशोरको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते ११:०१
घटनास्थलमा जम्मा भएका स्थानीय ।

१० फागुन, काठमाडौं । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् ।

स्थानीय खोलामा उदयपुरको ताप्ली गाउँपालिका स्थानीय घर भएका अनिश राउतको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

शव भेटिएलगत्तै महानगरीय प्रहरी परिसर, टेकु र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा पुगेको थियो ।

मृतकका बुबा दिलकुमार राउतले बताएअनुसार अनिश सोमबार अपराह्न ४ बजे घरबाट निस्किएका थिए । ‘राति ९ बजेतिर श्रीमतीले फोन गरेकी थिइन्, कुरा पनि भएको थियो’ उनले अनलाइनखबरसँग भने, ‘बिहान ८ बजे प्रहरीले यस्तो खबर सुनायो ।’

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकले लागुऔषध सेवन गरेको देखिएको छ । लागुऔषधको मात्रा धेरै देखिएको प्रहरी बताउँछ ।

‘शरीरमा शंकास्पद चोटपटक त देखिएन तर अन्य केही कारण छ कि भनेर अनुसन्धान गरिरहेका छौं’ महानगरीय अपराध अनुसन्धान महाशाखा बानेश्वरका एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरसँग भने, ‘उनीसँगै बसेका एक जना साथीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

प्रहरीका अनुसार राउतसँगै बसेका दिनेश खत्रीलाई नियन्त्रणमा लिइएको हो । उनले बेलुकीसँगै सुतेको र कुनै विवाद पनि नभएको प्रारम्भिक बयान दिएका छन् । विस्तृत अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?