+
+

एमसीसी विरुद्धको रिट सर्वोच्चले गरिदियो दरपीठ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १३:४७

१० फागुन, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् । अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता  हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी सम्बन्धित पक्षलाई गराउने गरिन्छ, यसलाई नै दरपीठ भनिन्छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने हुनाले दरपीठ गरिएको बताए ।

एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अदालतमा रिट परेको थियो ।

हेर्नुहोस् सर्वोच्चको आदेश

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?