+
+

सात महिनामा झण्डै २ खर्बको पेट्रोलियम पदार्थ आयात

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १४:३०

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालले झण्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात गरेको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको ७ महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार यस अवधिमा भारतीय आयल निगमबाट एक खर्ब ८२ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जुन गत आवको समीक्षा अवधिमा तुलनामा ८२ अर्बले बढी हो । गत वर्ष यही अवधिमा एक खर्ब ४७ करोड ४९ लाख रुपैयाँ बराबर खर्च भएको थियो ।

चालु आवको ७ महिनामा ३३ अर्ब ५६ करोडको पेट्रोल, ७२ अर्बको ९६ करोडको डिजेल, ३४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्याँस र ६ अर्ब ४० करोड रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ ।

गत आवको समीक्ष अवधिमा १५ अर्ब ९६ करोडको पेट्रोल, ३९ अर्बको ७० करोडको डिजेल, १७ अर्ब २६ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्याँस र एक अर्ब ७६ करोड रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?