+
+

नेशनल लाइफ इन्स्योरेन्स ३५औं वर्षमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १६:३९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार ३४औं वर्ष पूरा गरेको हो । वार्षिक उत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ५० भन्दा बढी कम्पनीका कर्मचारीहरु रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

वार्षिक उत्सवकै अवसरमा कम्पनीले देशभरका ३४ वटा वृद्धाश्रमका आश्रितहरुलाई खाना खुवाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले वार्षिक उत्सवको अवसरमा कर्मचारी लक्षित विविध खेलकुद कार्यक्रम पनि आयोजना गरेको छ ।

कम्पनीले विगत वर्ष सरह चालु वर्षमा पनि राम्रो व्यवसायिक प्रगति गरेको जनाएको छ । चालु आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको जनाएको छ ।

जीवन बीमा कोषमा रु.५० अर्बको हाराहरीमा रकम जम्मा भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने अपेक्षा गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म दिएको जनाएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?