+
+

एमसीसीबारे सत्ता गठबन्धनको दोहोरो चरित्र देखियो : महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १९:१५

१० फागुन, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता गठबन्धनको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले दाङले मंगलबार लमहीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको बताएका हुन् ।

‘सत्तामा आफैं बस्ने, संसदमा एमसीसी पनि आफैं लैजाने, सडकमा कार्यकर्तालाई चाहिं विरोध गर्न लगाउने ?’ उनले प्रश्न गरे । महासचिव पोखरेलले एमसीसीबारे सत्ता गठबन्धनको स्पष्ट धारणा आउनुपर्ने बताए ।

‘भित्रभित्र एमसीसी पास गर्ने सहमति गरिन्छ’ उनले भने, ‘तर बाहिर आफ्ना कार्यकर्तालाई ढुंगामुढा गर्न लगाइन्छ ।’ उनले माओवादी केन्द्र र एकीकृत समाजवादीले देखाएको दोहोरो चरित्र देखाएर जनतालाई झुक्याउने काम गरिरहेको बताए ।

सत्तामा बसेर एमसीसी सम्झौता गर्ने र सडकमा त्यसको विरोध गर्ने कार्यले जनतालाई अलमल्याउने काम भएको महासचिव पोखरेलले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?