+
+

हराएको मतदाता परिचयपत्र पुन: बनाउन वडा कार्यालयको सिफारिस चाहिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते २०:०५

१० फागुन, काठमाडौं । मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ ।

निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यस्तो निवेदन मतदाता स्वयं उपस्थित भएर वा इमेल, फ्याक्स वा अन्य विधिबाट दिन सकिनेछ ।

आयोगले मतदाता परिचय पत्र पुन बनाउनका लागि निशुल्क सिफारिस दिन स्थानीय तहलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

त्यस्तै वडा कार्यालयको सिफारिससहित निवेदन दिएमा इमेल, फ्याक्स वा अन्य विधिबाट दिएको निवेदन पनि स्वीकार गर्न आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

हेर्नुहोस् निर्वाचन आयोगको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?