+
+

विमानस्थलबाट अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १३:४३

११ फागुन, काठमाडौं। प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीय भारतीय नागरिक शतिश परसोत्तम सजनानी रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर २० हजार १५०, नेपाली रुपैयाँ ३१ हजार ६००, इंगल्याण्ड पाउण्ड ५, जर्जिया लरी ५०, भारतीय रुपैयाँ १००, यूइई दिराम १ हजार ३५५लगायतका मुद्रा बरामद गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?