+
+

सरकार र सडक मध्ये एक छोड्नुपर्छ : मन्त्री झाँक्री

रासस रासस
२०७८ फागुन ११ गते १६:१०

११ फागुन, चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

उनले भने, ‘कि त सरकार छोडेर सडकमा जानु पर्‍यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’ सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरू ब्याक हुने बताइन् ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् । एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद‍्मा एमसीसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले नेकपा एमालेको मौनताले केही असहज बनाएको बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?