
११ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा पेश भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ ।
बिहीबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन, राप्रपालगायतका अन्य दलहरुले समेत संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् ।
हेर्नुस् थप तस्वीरहरू
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4