+
+

थप ३१२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १६:३०

११ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ९ हजार ७६३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ३२७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १०५ जनाको आईसीयू र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १५ हजार ३३२ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३० पुगेको छ भने ९ लाख ५४ हजार ३४१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा थप ८७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौंका ६७, ललितपुरका १० र भक्तपुरका १० जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?