+

एसियन कप क्वालिफायर : समूह एमा पर्‍यो नेपाल

२०७८ फागुन  १२ गते १३:२० २०७८ फागुन १२ गते १३:२०
एसियन कप क्वालिफायर : समूह एमा पर्‍यो नेपाल

१२ फागुन, काठमाडौं । एसियन कप क्वालिफायमा नेपाल एमूह ए मा परेको छ । बिहीबार भएको ड्रमा नेपाल, जोर्डन, कुवेत र इण्डोनेसिया रहेको समूह ए मा परेको हो ।

दोस्रो चरणको छनोटमा परेको प्रदर्शनका आधारमा आयोजक चीनसहित १३ टोली एसियन कपका लागि छनोट भइसकेका छन् । अन्तिम चरणको क्लालिफायर्सबाट ११ टोलीको टुंगो लाग्ने छ ।

२४ टोलीले अन्तिम चरणको छनोट खेल्नेछन् । बिहीबार भएको ड्रमा २४ टोलीलाई ६ समूहमा बाँडिएको छ र हरेक समूहको शीर्ष टोली र उपविजेता मध्ये उत्कृष्ट ५ ले एसियन कपमा स्थान बनाउने छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय