+
+

चितवन निकुञ्जमा जन्मिएको नयाँ छावाको नाम भद्रगज राखियो

गत माघ २९ गते हिमालकलीले जन्माएको छावाको न्वारानको गरेर भद्रगज नाम राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १६:०८

१२ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्ती प्रजनन् केन्द्रमा रहेको एक हात्तीले छावा जन्माएको छ । गत माघ २९ गते हिमालकलीले जन्माएको छावाको न्वारानको गरेर भद्रगज नाम राखिएको छ ।

तीन वर्षअघि गोपालगज जन्माएकी हिमालकलीको भद्रगज दोस्रो सन्तान हो । हात्ती प्रजनन् केन्द्रका प्रमुख मनपुरन महतो थारुका अनुसार अहिले जन्मिएको भद्रगज स्वस्थ छ । छावालाई सुसारेहरुले तेल लगाइदिने र घाममा राख्ने काम गर्छन् ।

भद्रगजको बाबु कुन जंगली हात्ती हो भन्ने थाहा नभएको प्रजनन् केन्द्रका प्रमुख महतोले बताए । निकुञ्जमा धुब्रे, रोनाल्डो र गोविन्दे नामका तीन जंगली हात्ती छन् ।

यस्तै माघको १९ गते नै तीर्थमानकलीले छावा जन्म दिएको केन्द्रका प्रमुख मनपुरन महतोले जानकारी दिए । उसको नाम रामसारकली राखिएको छ ।

यो वर्ष तीन वटा हात्तीले छावा जन्माइसकेका छन् । अरु तीन हात्ती तमोरकली, लोकतन्त्रकली र ऐश्वर्यमाला गर्भवती  रहेको केन्द्र प्रमुख महतोले जानकारी दिए ।

एउटा हात्ती गर्भ रहेको २२ देखि २४ महिनामा सुत्केरी हुने गर्छन् । हाल हात्ती प्रजनन् केन्द्रमा २३ वटा हात्ती छन् । हात्ती प्रजनन केन्द्रमा जन्मिएर हुर्केका हात्तीका छावालाई तालिमपछि देशका अन्य निकुञ्जहरूमा पठाइने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?